NEB Class 12 Health and Physical Education Question Paper 2077
Group 'A' (Long answer questions)
Attempt all questions.
प्राथमिक स्वास्थ्य हेरचाहको अर्थ, तत्व र सिद्धान्तहरू के के हुन्? वर्णन गर्नुहोस्।
(What are the meaning, elements & principles of primary health care? Explain.)
अथवा (Or)
सामूहिक छलफल विधिद्वारा तपाईं स्वास्थ्य शिक्षा शिक्षण कसरी गर्नु हुन्छ? भूमिका खेलाई विधिका फाइदा र बेफाइदाहरू के के हुन्?
(How do you teach health education by group discussion method? What are the advantages and disadvantages of role play method?)
Group 'B' (Short answer questions)
Attempt any three questions.
धुम्रपानका दीर्घकालीन असरहरू के के हुन्? धुम्रपान गर्नका कारणहरू लेख्नुहोस्।
(What are the long term effects of smoking? State the causes of smoking.)
विश्व स्वास्थ्य सङ्गठन भनेको के हो? यसका कार्यहरू के के हुन्?
(What is World Health Organization? What are its functions?)
नेपालको सन्दर्भमा स्वास्थ्य शिक्षाको आवश्यकताबारे प्रकाश पार्नुहोस्।
(Highlight the need of health education in the context of Nepal.)
कुनै दुईको छोटो टिप्पणी लेख्नुहोस्।
(Write short notes on any two.)
क. परिवार नियोजन (Family Planning)
ख. स्वास्थ्य शिक्षाको आवश्यकता (Need of Health Education)
ग. आकस्मिक शिक्षण (Incidental instruction)