NEB Class 12 Humanities Population Education/Studies Question Paper 2077
Group 'A' (Long answer questions)
Answer any one question.
नेपालमा उच्च प्रजनन र घट्दो मृत्यु विगतका दशकहरूमा अनुभव गरिएका प्रवृत्ति हुन्, यिनका चार चार ओटा कारणहरू र परिणामहरू तथ्य तथ्याङ्कको उदाहरण दिएर व्याख्या गर्नुहोस्।
(Nepal is experiencing high fertility and declining mortality trends during last decades. Explain four causes and consequences of each with relevant data and example.)
तलको तालिकामा कामदार संख्या र तिनीहरूको दैनिक ज्याला देखाइएको छ। उक्त तालिकाबाट औसत ज्याला, मध्यिका र बहुलक ज्यालाको साथै ज्यालामा भएको स्तरीय विचरण निकाल्नुहोस्।
(Following table gives number of workers and their daily wage. Calculate average wage, median wage, mode and standard deviation of the wage.)
| Daily wages (Rs.) | 60-80 | 80-100 | 100-120 | 120-140 | 140-160 | 160-180 |
|---|---|---|---|---|---|---|
| No. of workers | 15 | 20 | 25 | 15 | 10 | 5 |
Group 'B' (Short answer questions)
Answer any three questions.
जनसंख्या नीतिको परिभाषा दिनुहोस्। नेपालको जनसंख्या नीतिका विशेषताहरूको छोटकरीमा वर्णन गर्नुहोस्।
(Define population policy. Describe the characteristics of population policy of Nepal.)
पारिवारिक जीवन चक्र भन्नाले के बुझिन्छ? यसका विभिन्न चरणहरूको नाम लेखी कुनै दुईवटा उदाहरण दिएर व्याख्या गर्नुहोस्।
(What is meant by family life cycle? Name different stages and describe any two with examples.)
किशोरावस्थाका चुनौतीहरू/समस्याहरू के के हुन्? ती समस्याका व्यवस्थापनका उपायहरू लेख्नुहोस्।
(What are the issues or challenges of adolescents? Write the ways to manage those problems.)
जनसंख्या शिक्षा/अध्ययनमा अनुसन्धान प्रतिवेदन तयार पार्दा आवश्यक पर्ने प्रमुख चरणहरूको छोटकरीमा वर्णन गर्नुहोस्।
(Describe the necessary steps used in writing a research report in population education/studies in brief.)
छोटो टिप्पणी लेख्नुहोस् (Write short notes on):
क) गुणस्तरीय जीवन (Quality of life)
ख) यौन शिक्षाको आवश्यकता (Need of sex education)