Browse papers
A

Group 'A' (Very short answer questions)

Attempt all the questions.

11 questions·1 marks each
1short1 marks

Give the meaning of top level management.

उच्चस्तर व्यवस्थापनको अर्थ दिनुहोस् ।

top-level-management
2short1 marks

What is short term plan?

अल्पकालीन योजना भनेको के हो ?

planningshort-term-plan
3short1 marks

Write the conditions of uncertainity in decision making.

निर्णय लिनुको अनिश्चितता अवस्थाबारे लेख्नुहोस् ।

decision-makinguncertainty
4short1 marks

Draw a diagram of simple organization structure.

साधारण संगठनात्मक संरचनाको चित्र कोर्नुहोस् ।

organizational-structure
5short1 marks

What are the hygiene factors as suggested by Herzberg?

हजबर्गले सुझाव गरेका आरोग्य तत्त्वहरू के के हुन् ?

herzberghygiene-factors
6short1 marks

Identify any two factors influcing supervision.

सुपरिवेक्षणलाई प्रभाव पार्ने कुनै दुई तत्त्वहरू पहिचान गर्नुहोस् ।

supervision
7short1 marks

Draw a diagonal communication.

छड्के सञ्चारको चित्र कोर्नुहोस् ।

communicationdiagonal-communication
8short1 marks

What is talent management?

प्रतिभा व्यवस्थापन भनेको के हो ?

talent-management
9short1 marks

Why supply chain management is important?

आपूर्ति श्रृङ्खला व्यवस्थापन किन महत्त्वपूर्ण हुन्छ ?

supply-chain-management
10short1 marks

Specify any two roles of family business management.

पारिवारिक व्यवसाय व्यवस्थापनका कुनै दुईवटा भूमिकाहरू बताउनुहोस् ।

family-business
11short1 marks

Mention main qualities of business letter.

व्यावसायिक पत्रका प्रमुख गुणहरू लेख्नुहोस् ।

business-letter
B

Group 'B' (Short answer questions)

Attempt all the questions.

8 questions·5 marks each
12short5 marks

Describe the key functions of management.

व्यवस्थापनका मूलभूत कार्यहरू व्याख्या गर्नुहोस् ।

managementfunctions
13short5 marks

What is administrative management? Explain its any four principles. [1+4][1+4]

प्रशासकीय व्यवस्थापन भनेको के हो ? यसका कुनै चार सिद्धान्तहरूको वर्णन गर्नुहोस् ।

administrative-management
14short5 marks

Why is planning beneficial for institutions? Highlight.

संस्थाका लागि योजना किन लाभप्रद हुन्छ ? प्रकाश पार्नुहोस् ।

planning
15short5 marks

Present the arguments for and against centralization of authority. [2.5+2.5][2.5+2.5]

अधिकारको केन्द्रीकरणको पक्ष एवं विपक्षमा तर्कहरू प्रस्तुत गर्नुहोस् ।

अथवा (Or)

Explain the importance of communication.

सञ्चारको महत्त्व वर्णन गर्नुहोस् ।

centralizationcommunication
16short5 marks

Describe the major leadership styles practiced in Nepalese organization.

नेपालका संस्थाहरूमा अभ्यास भएका प्रमुख नेतृत्व शैलीहरूबारे व्याख्या गर्नुहोस् ।

leadership-stylenepal
17short5 marks

Highlight the importance of controlling function.

नियन्त्रण कार्यको महत्त्व दर्शाउनुहोस् ।

controlling
18short5 marks

Describe the various levels of conflict created in business organization.

व्यावसायिक संस्थाहरूमा उत्पन्न हुने द्वन्द्वका विभिन्न तहहरू व्याख्या गर्नुहोस् ।

अथवा (Or)

Describe the components of equality management.

गुणस्तर व्यवस्थापनका तत्त्वहरू व्याख्या गर्नुहोस् ।

conflictquality-management
19short5 marks

On behalf of Quality Concern, Hetauda, draft a complaint letter to National Departmental Store, Kathmandu for supplying defective goods.

क्वालिटी कन्सर्न, हेटौडाको तर्फबाट बिग्रेका वस्तु पठाएको बारेमा नेशनल डिपार्टमेन्ट स्टोर, काठमाडौंको नाममा एउटा सिकायत पत्रको मस्यौदा गर्नुहोस् ।

complaint-letter
C

Group 'C' (Long answer questions)

Attempt all the questions.

3 questions·8 marks each
20long8 marks

What is departmentation? Describe the bases of departmentation with illustration. [2+6][2+6]

विभागीयकरण भनेको के हो ? चित्रसहित विभागीयकरणका आधारहरूको व्याख्या गर्नुहोस् ।

departmentation
21long8 marks

What is motivation? Analyze the similarities and differences between Maslo's and Herzberg's theories of motivation. [1+3+4][1+3+4]

उत्प्रेरणा भनेको के हो ? मास्लो र हर्जबर्गका उत्प्रेरणा सिद्धान्तहरूमा पाइने समानता र भिन्नता विश्लेषण गर्नुहोस् ।

motivationmaslowherzberg
22long8 marks

Prepare a business plan for a 'coffee shop' mentioning its products, service, management team, marketing and financial plans.

एउटा कफी सपको लागि यसका वस्तुहरू एवं सेवा, व्यवस्थापन टिम, विक्री वितरण तथा वित्तीय योजना समावेश गरी व्यावसायिक योजना तयार गर्नुहोस् ।

अथवा (Or)

Explain the process of making decision. Why is decision making important? [5+3][5+3]

निर्णय लिने प्रक्रियाको वर्णन गर्नुहोस् । निर्णय लिनु किन महत्त्वपूर्ण हुन्छ ?

business-plancoffee-shopdecision-making