NEB Class 12 Management Business Studies Question Paper 2082 (Set A)
Group 'A' (Very short answer questions)
Attempt all the questions.
Mention any two functions of management.
व्यवस्थापनका कुनै दुई कार्यहरू उल्लेख गर्नुहोस् ।
Write any two benefits of planning.
योजनाका कुनै दुई फाइदाहरू लेख्नुहोस् ।
Who takes operational decision?
सञ्चालन निर्णय कसले लिने गर्छन् ?
Draw a picture of divisional organizational structure.
विभागीय संगठनात्मक संरचनाको एउटा चित्र कोर्नुहोस् ।
Why is supervision important for business?
व्यवसायका लागि सुपरिवेक्षण किन महत्त्वपूर्ण हुन्छ ?
Write the meaning of motivation.
उत्प्रेरणाको अर्थ लेख्नुहोस् ।
Draw a figure to show the types of communication between human resources manager, production manager and marketing manager.
मानव संसाधन प्रबन्धक, उत्पादन प्रबन्धक र विक्री प्रबन्धक बिच हुने सञ्चारको चित्र कोर्नुहोस् ।
Write the meaning of talent management.
प्रतिभा व्यवस्थापनको अर्थ लेख्नुहोस् ।
List any two nature of family business management.
पारिवारिक व्यवसाय व्यवस्थापनका कुनै दुई प्रकृति सूचीबद्ध गर्नुहोस् ।
Why is supply chain management important in a business?
व्यवसायमा आपूर्ति श्रृंखला व्यवस्थापन किन महत्त्वपूर्ण छ ?
What are the two usages of business letter?
व्यावसायिक पत्रका दुई उपयोगहरू के के हुन् ?
Group 'B' (Short answer questions)
Attempt all the questions.
Compare the top level of management, middle level management and lower level management.
उच्चस्तरको व्यवस्थापन, मध्यमस्तरको व्यवस्थापन र निम्नस्तरको व्यवस्थापन बिच तुलना गर्नुहोस् ।
Who developed the principles of scientific management? Describe any four limitations of it.
वैज्ञानिक व्यवस्थापनको सिद्धान्त कसले विकास गरेका हुन् ? यसका चारवटा सीमाहरू वर्णन गर्नुहोस् ।
Why decision making plays a significant role in business?
निर्णय लिने कार्यले व्यवसायमा किन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ?
अथवा (Or)
Describe any four types of plan with examples.
उदाहरणसहित कुनै चार प्रकारका योजनाहरू वर्णन गर्नुहोस् ।
Describe Matrix organization structure with its benifits.
फाइदासहित म्याट्रिक्स संगठनात्मक संरचना वर्णन गर्नुहोस् ।
What types of leadership style is suitable for organization having highly skilled, qualified and experienced employees? Why? Describe its demerits.
उच्च सीप, योग्यता र अनुभव भएका कर्मचारीहरू भएको संगठनमा कस्तो नेतृत्वशैली उपयुक्त हुन्छ ? किन ? यसका अवगुणहरू वर्णन गर्नुहोस् ।
What is controlling? Describe its importance.
नियन्त्रण भनेको के हो ? यसका महत्त्वहरू वर्णन गर्नुहोस् ।
Why is talent management important for the business? Describe.
व्यवसायका लागि प्रतिभा व्यवस्थापन किन महत्त्वपूर्ण हुन्छ ? वर्णन गर्नुहोस् ।
अथवा (Or)
What do you mean by conflict management? Describe any four sources of conflict.
द्वन्द्व व्यवस्थापन भन्नाले के बुझिन्छ ? द्वन्द्वका कुनै चारवटा स्रोतहरू वर्णन गर्नुहोस् ।
Draft an application letter in English to the Human Resource Manager of Sankalpa Co-operative Organization, Butwal for the post of Accountant.
लेखापाल पदका लागि संकल्प सहकारी संगठन बुटवलको मानवसंसाधन व्यवस्थापकलाई अंग्रेजीमा एउटा आवेदन पत्र तयार पार्नुहोस् ।
Group 'C' (Long answer questions)
Attempt all the questions.
Why is decentralization of authority appropriate? Argue against the centralization of authority.
अख्तियार विकेन्द्रीकरण किन उपयुक्त हुन्छ ? अख्तियार केन्द्रीकरणको विपक्षमा तर्क दिनुहोस् ।
'Both monetary and non monetary techniques of motivation brings psychological and emotional satisfaction to workers'. Describe the various techniques of motivation with examples.
'उत्प्रेरणाको मौद्रिक र गैर मौद्रिक दुवै विधिले कामदारमा मनोवैज्ञानिक र संवेगात्मक सन्तुष्टि ल्याउदछ' । उत्प्रेरणाका विभिन्न विधिहरू उदाहरणसहित व्याख्या गर्नुहोस् ।
अथवा (Or)
Analyze the factors that affects effective supervision.
प्रभावकारी सुपरीवेक्षणलाई प्रभाव पार्ने तत्त्वहरूबारे विवेचना गर्नुहोस् ।
Develop a business plan for a Hotel incorporating Title/Name of Hotel, Background of Hotel, Product and service description, Management team, Marketing plan and Financial plan.
होटलको शीर्षक/नाम, होटलको पृष्ठभूमि, वस्तु तथा सेवाको विवरण, व्यवस्थापन समूह/टीम, बजारीकरण योजना र वित्तीय योजनासहित एउटा होटलका लागि व्यावसायिक योजना तयार पार्नुहोस् ।