NEB Class 12 Humanities Rural Development Question Paper 2082
Group 'A' (Very short answer questions)
Attempt all the questions.
Write any two dimensions of food security.
खाद्य सुरक्षाका कुनै दुई आयामहरू लेख्नुहोस् ।
Define social inclusion in your own words.
सामाजिक समावेशीकरणलाई आफ्नो शब्दमा परिभाषित गर्नुहोस् ।
Define rural entrepreneurship.
ग्रामीण उद्यमशीलतालाई परिभाषित गर्नुहोस् ।
Define homestay tourism in your own words.
घरबास पर्यटनलाई आफ्नो शब्दमा परिभाषित गर्नुहोस् ।
Mention any two positive impacts of informal sector in national economy.
राष्ट्रिय अर्थतन्त्रमा अनौपचारिक क्षेत्रका कुनै दुई सकारात्मक प्रभावहरूलाई उल्लेख गर्नुहोस् ।
Write any two implications of eco-tourism in rural development.
ग्रामीण विकासमा पर्या-पर्यटनको कुनै दुई उपयोगिताहरू लेख्नुहोस् ।
Mention any two causes of loss of bio-diversity.
जैविक विविधता ह्रास हुनुका कुनै दुई कारणहरू उल्लेख गर्नुहोस् ।
Write goal no. 1 and goal no. 2 of Sustainable Development Goals 2030.
दिगो विकास लक्ष्य २०३० का लक्ष्य नं. १ र लक्ष्य नं. २ लेख्नुहोस् ।
Write any two types of rural development policy.
ग्रामीण विकास नीतिका कुनै दुईवटा प्रकारहरू लेख्नुहोस् ।
Define about welfare oriented strategy in your own words.
कल्याण केन्द्रित रणनीतिलाई आफ्नो शब्दमा परिभाषित गर्नुहोस् ।
Distinguish between primary data and secondary data in any two points.
प्राथमिक आँकडा र माध्यमिक आँकडाहरू बीच कुनै दुई फरकहरू छुट्याउनुहोस् ।
Group 'B' (Short answer questions)
Attempt all the questions.
Write any five practical measures to reduce child marriage in Nepali society.
नेपाली समाजमा विद्यमान बालविवाह न्यूनीकरणका कुनै पाँचवटा व्यवहारिक उपायहरू लेख्नुहोस् ।
अथवा (Or)
Present any five measures undertaken by the community to reduce the problems faced by old age people in Nepali society.
नेपाली समाजमा जेष्ठ नागरिकले भोग्दै आएका समस्याहरूको निराकरणका लागि समुदायले अपनाउनुपर्ने कुनै पाँचवटा उपायहरू प्रस्तुत गर्नुहोस् ।
What is rural marketing? List out any five importance of rural marketing in rural development.
ग्रामीण बजारीकरण भनेको के हो ? ग्रामीण विकासमा बजारीकरणको महत्त्वलाई कुनै पाँच बुँदामा सूचीबद्ध गर्नुहोस् ।
In local election you are elected as a ward chairman. In your ward, the child nutritional status is very weak. In this context, how you develop strategic measures to strengthen the child nutritional status? Write them in five points.
स्थानीय निर्वाचनमा तपाईं वडा अध्यक्षको पदमा निर्वाचित हुनुभयो । तपाईं निर्वाचित भएको वडामा बालबालिकाहरूको पोषणको अवस्था ज्यादै कमजोर रहेको पाउनुभयो । उक्त समस्यालाई सुधार गर्न तपाईंले अपनाउन सक्ने कुनै पाँचवटा रणनीतिक उपायहरू लेख्नुहोस् ।
Interpret the key understanding of people centred development in your own word.
जनता केन्द्रित दृष्टिकोणको मुख्य बुझाईलाई आफ्नै शब्दमा प्रस्तुत गर्नुहोस् ।
Compare between state led and market led development perspective in any five points.
कुनै पाँच बुँदामा राज्य केन्द्रित विकास र बजार केन्द्रित विकास दृष्टिकोण बिचको भिन्नतालाई तुलना गर्नुहोस् ।
How can the programs adopted by annual budget be connected with the livelihood of general people? Write any five practical measures.
वार्षिक बजेटले अंगिकार गर्ने कार्यक्रमहरूलाई कसरी आम जनताको जनजिविकासँग जोड्न सकिन्छ ? कुनै पाँचवटा व्यवहारिक उपायहरू लेख्नुहोस् ।
Critically review the major types of grants received by local government.
स्थानीय सरकारले प्राप्त गर्ने अनुदानका किसिमहरूको आलोचनात्मक समीक्षा गर्नुहोस् ।
Explain any five considering factors of rural development policy formulation.
ग्रामीण विकास नीति तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुनै पाँचवटा तत्त्वहरूको व्याख्या गर्नुहोस् ।
अथवा (Or)
Mention the strategies adopted by fifteenth plan to develop the irrigation sector.
पन्ध्रौँ योजनामा सिंचाइ क्षेत्रको विकास गर्न अङ्गिकार गरेको रणनीतिहरू उल्लेख गर्नुहोस् ।
Group 'C' (Long answer questions)
Attempt all the questions.
What is poverty? Explain the causes of rural poverty in Nepal.
गरिबी भनेको के हो ? नेपालमा ग्रामीण गरिबीका कारणहरू व्याख्या गर्नुहोस् ।
Review the impacts of climate change on rural livelihood.
ग्रामीण जिविकोपार्जनमा जलवायु परिवर्तनले पारेको असरहरू समीक्षा गर्नुहोस् ।
अथवा (Or)
Analyse the relationship between environmental management and sustainable development goals.
वातावरणीय व्यवस्थापन र दिगो विकास लक्ष्य बिचको सम्बन्ध विश्लेषण गर्नुहोस् ।
Prepare a field study report focusing on 'Impact of Youth Labour Migration in Rural Development' with reference to Nepal.
नेपालको सन्दर्भमा 'युवा श्रम प्रवासनले ग्रामीण विकासमा पारेको असर' शीर्षकमा केन्द्रित भई एक स्थलगत अध्ययन प्रतिवेदन तयार गर्नुहोस् ।