NEB Class 12 Humanities Linguistics Question Paper 2082 (Set A)
Group 'A' (Very short answer questions)
Attempt all the questions.
Write any two characteristics of the speech sound.
ध्वनिका कुनै दुई विशेषता लेख्नुहोस् ।
Write the names of any four place of articulation.
कुनै चार उच्चारण स्थानका नाम लेख्नुहोस् ।
What is complementary distribution?
परिपूरक वितरण भनेको के हो ?
What is meant by the syllable structure?
अक्षर संरचना भन्नाले के बुझिन्छ ?
What are the bases of word class identification?
शब्दवर्गको पहिचानको आधारहरू के के हुन् ?
Write any two examples of antonyms.
विपरीतार्थ शब्दका कुनै दुईवटा उदाहरण लेख्नुहोस् ।
What is meant by morphological change in a language?
भाषामा रुपात्मक परिवर्तन भनेको के हो ?
What is meant by contrastive analysis?
व्यतिरेकी विश्लेषण भन्नाले के बुझिन्छ ?
Give an example of the error analysis.
त्रुटि विश्लेषणको एउटा उदाहरण दिनुहोस् ।
Name any four languages taught as subject in Nepal.
नेपालमा विषयका रुपमा शिक्षण गरिने कुनै चारवटा भाषाको नाम लेख्नुहोस् ।
What do you mean by multilingual education?
बहुभाषिक शिक्षा भन्नाले के बुझिन्छ ?
Group 'B' (Short answer questions)
Attempt all the questions.
Explain phonetics with example.
ध्वनि विज्ञानको बारेमा उदाहरणसहित व्याख्या गर्नुहोस् ।
अथवा (Or)
Give a short introduction of International Phonetic Alphabets.
अन्तर्राष्ट्रिय ध्वनि तात्त्विक वर्णमालाको छोटो परिचय दिनुहोस् ।
What is meant by classification of the phonemes? Explain with examples.
वर्णको वर्गीकरण भन्नाले के बुझिन्छ ? उदाहरणसहित व्याख्या गर्नुहोस् ।
Mention the lexical and functional words with examples.
पूर्णार्थ शब्द र प्रकार्यात्मक शब्दका बारेमा उदाहरणसहित उल्लेख गर्नुहोस् ।
What are the types of phrase? Explain.
पदावलीका प्रकारहरू के के हुन् ? व्याख्या गर्नुहोस् ।
Mention with examples the semantic relations that occur at the sentence level.
वाक्य तहमा हुने आर्थी सम्बन्धहरूको उदाहरणसहित उल्लेख गर्नुहोस् ।
Language is not static but constantly changing. Justify it with examples.
भाषा स्थिर नभई निरन्तर परिवर्तन भइरहन्छ । यसलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
Write the importance of contrastive analysis with examples.
व्यतिरेकी विश्लेषणको महत्त्वलाई उदाहरणसहित लेख्नुहोस् ।
अथवा (Or)
How can the knowledge of linguistics be used in the language teaching? Justify.
भाषा विज्ञानको ज्ञानलाई भाषा शिक्षणमा कसरी प्रयोग गर्न सकिन्छ ? प्रस्ट पार्नुहोस् ।
What is the state of mother tongue education in Nepal? Explain.
नेपालमा मातृभाषा शिक्षाको अवस्था कस्तो छ ? व्याख्या गर्नुहोस् ।
Group 'C' (Long answer questions)
Attempt all the questions.
Draw a diagram of speech organs and label them.
ध्वनि उच्चारण अवयवहरूको चित्र बनाई विभिन्न अङ्गहरूको नाम लेख्नुहोस् ।
Explain the morph, morpheme and allomorph with examples.
रूप, रूपिम र संरूपको बारेमा उदाहरणसहित व्याख्या गर्नुहोस् ।
अथवा (Or)
What is meant by word formation process? Explain with examples.
शब्द निर्माण प्रक्रिया भन्नाले के बुझिन्छ ? उदाहरणसहित व्याख्या गर्नुहोस् ।
Differentiate pedagogical grammar and general grammar with examples.
शैक्षणिक व्याकरण र सामान्य व्याकरण बिचको फरक उदाहरणसहित बयान गर्नुहोस् ।