NEB Class 12 Humanities Legal Drafting Question Paper 2082 (Set C)
Group 'A' (Very short answer questions)
Attempt all questions.
State any two qualities that a draft person should possess?
मस्यौदाकारमा हुनुपर्ने कुनै दुई गुणहरू उल्लेख गर्नुहोस् ।
Write any two matters to be disclosed while writing a plaint.
फिरादपत्र लेख्दा खुलाउनुपर्ने कुनै दुई विषयहरू लेख्नुहोस् ।
What do you understand by due date for appearance? Write in two sentences.
साधारण तारेख भन्नाले के बुझिन्छ ? दुई वाक्यमा लेख्नुहोस् ।
State any two documents to be included along with the deed of unsecured money lending.
कपाली तमसुकसँगै संलग्न गर्नुपर्ने कुनै दुई लिखतहरूको नाम उल्लेख गर्नुहोस् ।
What do you know about the 'Will Immediate Effect'? Write in two sentences.
हालैको वकसपत्र भन्नाले तपाईंलाई के थाहा छ ? दुई वाक्यमा लेख्नुहोस् ।
State any two contracts that can be made voidable.
वदर गराउन सकिने कुनै दुई करारहरू उल्लेख गर्नुहोस् ।
What do you understand by the 'Advance Payment Deed'? Write in two sentences.
'बैनावट्टा लिखत' भन्नाले के बुझिन्छ ? दुई वाक्यमा लेख्नुहोस् ।
Which is the body where we can register the personal events like shifting from one place to another for settlement?
जन्म, मृत्यु र बसाईँसराई जस्ता व्यक्तिगत घटनाहरू हामीले कुन निकायमा दर्ता गर्नुपर्छ ?
What is a sheet of due date?
तारिख पर्चा भनेको के हो ?
Group 'B' (Short answer questions)
Attempt all questions.
What are the basic principles of legal drafting? State.
कानुनको मस्यौदा प्रक्रियाका आधारभूत सिद्धान्तहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
What is meant by the 'Statement of Defense? Explain.
'प्रतिउत्तरपत्र' भन्नाले के बुझिन्छ ? व्याख्या गर्नुहोस् ।
Prepare a sample draft of 'Exchange Deed'.
एउटा सट्टापट्टा लिखतको नमुना मस्यौदा तयार गर्नुहोस् ।
अथवा (Or)
Prepare sample draft of 'Advance Payment Deed'.
बैनावट्टा लिखतको नमुना मस्यौदा तयार गर्नुहोस् ।
Show the differences between summons and process.
समाह्वान र इतलायनामाबिच भिन्नता देखाउनुहोस् ।
Prepare a sample of the First Information Report (FIR).
जाहेरी दरखास्तको ढाँचा तयार पार्नुहोस् ।
अथवा (Or)
Prepare a sample of 'Deed of Seizure'.
खानतलासी मुचुल्काको ढाँचा तयार पार्नुहोस् ।
Group 'C' (Long answer questions)
Attempt all questions.
Review relating to the petition for quashing illegitimate order.
बेरितको आदेश बदर गर्ने निवेदनको सम्बन्धमा समीक्षा गर्नुहोस् ।
अथवा (Or)
Show the differences between judgment and appeal.
फैसला र पुनरावेदनबीचको भिन्नता देखाउनुहोस् ।
Prepare a sample draft on deed of bond without mortgage of Rs. 45,000 between two parties.
दुई पक्षहरूबिचको रु. ४५,००० को एउटा कपाली तमसुकको नमुना तयार गर्नुहोस् ।