NEB Class 12 Humanities Legal Drafting Question Paper 2082 (Set B)
Group 'A' (Very short answer questions)
Attempt all questions.
Write any two qualities that the legal drafts person should possess.
कानुनी लिखतको मस्यौदाकारमा हुनुपर्ने कुनै दुई गुणहरू लेख्नुहोस् ।
State any two matters to be mentioned in the First Information Report (FIR).
जाहेरी दरखास्तमा खुलाउनुपर्ने कुनै दुई कुराहरू उल्लेख गर्नुहोस् ।
What is an application for compromise? Summaries in two sentences.
मिलापत्रको निवेदन भनेको के हो ? दुई वाक्यमा संक्षेपीकरण गर्नुहोस् ।
Mention the names of any two documents that are in practice for private transaction.
निजी लेनदेनका लागि अभ्यासमा रहेका कुनै दुईवटा लिखतहरूको नाम उल्लेख गर्नुहोस् ।
What do you understand by a bond without mortgage? Write in two sentences.
कपाली तमसुक भन्नाले के बुझिन्छ ? दुई वाक्यमा लेख्नुहोस् ।
What is a deed on exchange of property?
सट्टापट्टाको लिखत भनेको के हो ?
Write the meaning of 'Deed on Advanced Payment' in two sentences.
वैनापट्टाको अर्थ दुई वाक्यमा लेख्नुहोस् ।
Give the definition of recommendation letter.
'सिफारिसपत्रको' परिभाषा दिनुहोस् ।
From which entity is the process issued?
इतलायनामा कुन निकायबाट जारी गरिन्छ ?
Group 'B' (Short answer questions)
Attempt all questions.
How is the 'Deed' in 'Explanation' of sub section (1) of section 28 of National Civil Procedure Code, 2074 (2017) Stated? Write.
मुलुकी देवानी कार्यविधि संहिता दफा २८ को उपदफा (१) स्पष्टीकरणमा लिखतलाई कसरी उल्लेख गरिएको छ ? लेख्नुहोस् ।
What is the statement of Defense called? Explain.
प्रतिउत्तरपत्र केलाई भनिन्छ ? वर्णन गर्नुहोस् ।
Prepare a sample of house rent contract.
घरभाडा करारको एउटा नमुना तयार गर्नुहोस् ।
अथवा (Or)
Prepare a sample draft of exchange deed.
सट्टापट्टा लिखतको एउटा नमुना तयार पार्नुहोस् ।
Why is it necessary to get No Objection Letter? Analyze it.
'स्वीकृतिपत्र' लिन किन आवश्यक छ ? समीक्षा गर्नुहोस् ।
Prepare a draft of acknowledgement of due date.
तारेख भरपाईको एउटा नमुना तयार गर्नुहोस् ।
अथवा (Or)
Prepare a draft of adjournment of hearing.
पेशी स्थगनको नमुना तयार गर्नुहोस् ।
Group 'C' (Long answer questions)
Attempt all questions.
Why are plaints and charge sheets prepared? Analyze.
फिरादपत्र र अभियोगपत्र किन तयार गरिन्छ ? विश्लेषण गर्नुहोस् ।
अथवा (Or)
Why is a compromise necessary? Review it.
मिलापत्र किन आवश्यक हुन्छ ? यसबारे समीक्षा गर्नुहोस् ।
Why is a deed of transfer of ownership made? Prepare a deed of transfer of ownership.
राजीनामाको लिखित किन गरिन्छ ? राजीनामा लिखतको एउटा नमुना तयार गर्नुहोस् ।