Browse papers
A

Group 'A' (Very short answer questions)

Attempt all questions.

11 questions·1 marks each
1short1 marks

Mention any one definition of evaluation.

मूल्याङ्कनको कुनै एक परिभाषा उल्लेख गर्नुहोस् ।

evaluation
2short1 marks

State any one application of formative evaluation in teaching learning process.

शिक्षण सिकाइ प्रक्रियामा सुधारात्मक मूल्याङ्कनको कुनै एउटा प्रयोग उल्लेख गर्नुहोस् ।

formative-evaluation
3short1 marks

Suppose you are a grade teacher of Grade 2. What type of instructional method would you adopt to develop their motor skill? Give any one example.

मानौं, तपाई कक्षा २ को कक्षा शिक्षक हुनुहुन्छ । तपाईं ले कक्षा २ का विद्यार्थीहरूको क्रियात्मक सीप विकासका लागि कुन शिक्षण विधि अपनाउनुहुन्छ ? कुनै एक उदाहरण दिनुहोस् ।

instructional-methodmotor-skill
4short1 marks

State any one purpose of preparing lesson plan.

पाठयोजना निर्माण गर्नुको कुनै एउटा उद्देश्य उल्लेख गर्नुहोस् ।

lesson-plan
5short1 marks

What type of evaluation will you apply to place the student on the basis of his learning achievement?

विद्यार्थीको सिकाइ उपलब्धीको मूल्याङ्कन गरी उसलाई पदस्थापन गर्न तपाईं कुन मूल्याङ्कनलाई प्रयोग गर्नुहुन्छ ?

placement-evaluation
6short1 marks

State one objective of reviewing test items.

परीक्षणका प्रश्नहरूको पुनरावलोकन गर्नुको एउटा उद्देश्य उल्लेख गर्नुहोस् ।

test-itemsitem-review
7short1 marks

What is meant by discrimination index of an item?

प्रश्नको विभेदीकरण क्षमता भन्नाले के जनाउँछ ?

item-analysisdiscrimination-index
8short1 marks

For assessing what types of behaviour Rating Scale is not suitable?

विद्यार्थीका कस्ता व्यवहारहरूको मूल्याङ्कन गर्न श्रेणी मापन उपयुक्त हुँदैन ?

rating-scaleassessment
9short1 marks

State any two behaviours that can be assessed only by non-testing devices.

गैर-परीक्षणका साधनहरूको प्रयोग गरेर मूल्याङ्कन गर्नुपर्ने कुनै दुईवटा व्यवहारहरू उल्लेख गर्नुहोस् ।

non-testing-devices
10short1 marks

State one use of continuous student assessment in classroom teaching.

कक्षा शिक्षणमा निरन्तर विद्यार्थी मूल्याङ्कनको एउटा प्रयोग उल्लेख गर्नुहोस् ।

continuous-assessment
11short1 marks

How continuous assessment system can help for improving the learning achievement of low achievers? Give one short example.

निरन्तर मूल्याङ्कन पद्धतिले कमजोर विद्यार्थीहरूको सिकाइ उपलब्धीमा सुधार ल्याउन कसरी सहयोग गर्दछ ? एउटा छोटो उदाहरण प्रस्तुत गर्नुहोस् ।

continuous-assessmentlow-achievers
B

Group 'B' (Short answer questions)

Attempt all questions.

8 questions·5 marks each
12short5 marks

List any five aspects that should be considered while preparing annual work plan.

वार्षिक कार्य योजना बनाउँदा ध्यान दिनुपर्ने कुनै पाँच पक्षहरूको सूची तयार गर्नुहोस् ।

annual-work-plan
13short5 marks

How does the proper use of instructional material impact in students learning? State any five points.

शैक्षणिक सामग्रीको सही प्रयोगले विद्यार्थीको सिकाइमा कसरी प्रभाव पार्न सक्छ ? कुनै पाँच बुँदामा उल्लेख गर्नुहोस् ।

instructional-material
14short5 marks

If you have to teach a farming process to students in your local community, how and what kind of instructional material will you use for that?

तपाईंको स्थानीय समुदायमा गरिने कुनै एउटा खेतीपातीको बारेमा विद्यार्थीहरूलाई अध्यापन गराउनु परेमा कस्ता शैक्षणिक सामग्रीहरू कसरी प्रयोग गर्नुहुन्छ ?

instructional-materialteaching-methods
15short5 marks

Why are students more active in the classroom to the student initiated-method than the teacher-initiated method? Mention any five reasons.

'शिक्षक केन्द्रित विधिमा भन्दा विद्यार्थी केन्द्रित विधिमा विद्यार्थीहरू कक्षाकोठामा सक्रिय हुन्छन्' किन ? कुनै पाँचवटा कारणहरू उल्लेख गर्नुहोस् ।

student-centred-method
16short5 marks

Why the same method may not be suitable for teaching mathematics and social studies? Mention any five causes.

गणित विषयका विषयवस्तु र सामाजिक अध्ययन विषयका विषयवस्तु शिक्षण गर्न समान शिक्षण विधि उपयुक्त नहुन सक्छ, किन ? कुनै पाँचवटा कारणहरू उल्लेख गर्नुहोस् ।

teaching-methodssubject-specific
17short5 marks

Why is formative evaluation less reliable than summative evaluation? Write in five points.

निर्णयात्मक मूल्याङ्कन भन्दा निर्माणात्मक मूल्याङ्कन कम विश्वसनीय मानिन्छ, किन ? कुनै पाँचवटा बुँदा लेख्नुहोस् ।

अथवा (Or)

For what purpose student evaluation can be used? Explain in five purposes.

विद्यार्थी मूल्याङ्कन कुन कुन उद्देश्यका लागि उपयोग गर्न सकिन्छ ? कुनै पाँचवटा उद्देश्यको व्याख्या गर्नुहोस् ।

formative-evaluationsummative-evaluation
18short5 marks

Prepare a model rating scale for measuring 'quality of work' of students.

विद्यार्थीको 'काम गर्ने गुण' मापन गर्नका लागि उपयुक्त हुने एउटा श्रेणी मापनको नमुना तयार गर्नुहोस् ।

rating-scaleassessment
19short5 marks

Prepare a list of any four different components of continuous assessment system and introduce 'change in behaviour' in brief.

निरन्तर मूल्याङ्कन पद्धतिमा समावेश हुने कुनै चार तत्त्वहरूको सूची तयार गरी 'व्यवहार परिवर्तनको' छोटो परिचय दिनुहोस् ।

अथवा (Or)

Mention any five characteristics of continuous assessment system.

निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिका कुनै पाँचवटा विशेषताहरू उल्लेख गर्नुहोस् ।

continuous-assessmentbehaviour-change
C

Group 'C' (Long answer questions)

Attempt all questions.

3 questions·8 marks each
20long8 marks

State the meaning of motivation and illustrate any six roles of motivation in teaching learning process. [2+6][2+6]

शिक्षण सिकाइ प्रक्रियामा उत्प्रेरणाको अर्थ प्रस्तुत गर्नुहोस् । उत्प्रेरणाको कुनै छवटा भूमिकालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

motivationteaching-learning
21long8 marks

Suppose you are teaching Nepali subject in Grade 5. As a Nepali subject teacher what kind of test do you prefer to know the linguistic development of the students? Explain any four procedures.

मानौं, तपाईं कक्षा ५ को नेपाली विषय शिक्षण गर्नुहुन्छ । नेपाली विषय शिक्षकको नाताले तपाईं आफ्नो विद्यार्थीहरूको भाषिक सीपको विकास कसरी भैरहेको छ, सो थाहा पाउन कस्तो परीक्षण प्रयोग गर्नुहुन्छ ? कुनै चार प्रक्रियाको संक्षिप्त व्याख्या गर्नुहोस् ।

अथवा (Or)

In an area in which you are teaching or plan to teach, identify any four learning outcomes that can be best measured with essay questions. Construct two essay question to measure those learning outcomes. [4+2+2][4+2+2]

तपाईंले शिक्षण गर्ने वा शिक्षण गर्ने योजना गरेको क्षेत्रमा रही निबन्धात्मक प्रश्नले मात्र सही रूपमा मापन गर्न सक्ने चारवटा सिकाइ उपलब्धीहरू पहिचान गर्नुहोस् र ती सिकाइ उपलब्धी मापनका लागि दुईवटा निबन्धात्मक प्रश्नहरू निर्माण गर्नुहोस् ।

language-testingessay-questions
22long8 marks

How do you use test result to bring improvement in student learning? Clarify any four with examples.

विद्यार्थीहरूको सिकाइ उपलब्धीमा सुधार ल्याउन परीक्षाको परिणामलाई कसरी प्रयोगमा ल्याउनु हुन्छ ? कुनै चारको उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

test-resultsimprovement