Browse papers
A

Group 'A' (Very short answer questions)

Attempt all questions.

11 questions·1 marks each
1short1 marks

State any two indicators for economic development.

आर्थिक विकासका कुनै दुई सूचक उल्लेख गर्नुहोस् ।

economic-developmentindicators
2short1 marks

State any two major goal of sustainable development.

दिगो विकासका प्रमुख दुई लक्ष्यहरू उल्लेख गर्नुहोस् ।

sustainable-developmentgoals
3short1 marks

Write any two ways for diversity management in classroom.

कक्षाकोठामा विविधता व्यवस्थापनका कुनै दुई तरिका लेख्नुहोस् ।

diversity-managementclassroom
4short1 marks

Give any two example of physical resource mobilization in school.

विद्यालयमा भौतिक स्रोत परिचालनका कुनै दुई उदाहरण दिनुहोस् ।

resource-mobilizationschool
5short1 marks

What is educational planning?

शैक्षिक योजना भनेको के हो ?

educational-planning
6short1 marks

State any two advantages of people participation in education.

शिक्षामा जनसहभागिताको कुनै दुई फाइदा उल्लेख गर्नुहोस् ।

people-participationeducation
7short1 marks

What are the two main foundation for human resource development?

जनशक्ति विकासका प्रमुख दुई आधारहरू के के हुन् ?

human-resource-development
8short1 marks

State any two major strategies for conflict management in school.

विद्यालयमा द्वन्द्व व्यवस्थापनका कुनै दुई मुख्य रणनीतिहरू उल्लेख गर्नुहोस् ।

conflict-managementschool
9short1 marks

Write down any one major different between equity and equality.

समता र समानताबिच प्रमुख कुनै एक भिन्नता लेख्नुहोस् ।

equityequality
10short1 marks

Wrtie any two main sources of income in school.

विद्यालयमा आम्दानीको प्रमुख कुनै दुई स्रोतहरू लेख्नुहोस् ।

school-income-sources
11short1 marks

Give a strong logic to prove the relevancy of social demand approach of educational planning in your school.

समुदायको मागबमोजिम शिक्षा योजना निर्माण गर्ने सामाजिक माग उपागम तपाईंको विद्यालयको लागि सान्दर्भिक छ भनी पुष्टि गर्ने कुनै एउटा बलियो तर्क प्रस्तुत गर्नुहोस् ।

social-demand-approacheducational-planning
B

Group 'B' (Short answer questions)

Attempt all questions.

8 questions·5 marks each
12short5 marks

Clarify the interrelation between education and dimension of economic development in Nepal within five points.

नेपालमा आर्थिक विकासका आयाम र शिक्षाबिचको अन्तरसम्बन्ध पाँच बुँदामा पुष्टि गर्नुहोस् ।

अथवा (Or)

What role can education play in achieving sustainable development goal in the context of Nepal? Explain with examples.

नेपालको सन्दर्भमा दिगो विकासका लक्ष्य प्राप्तिमा शिक्षाले के कस्तो भूमिका खेल्न सक्छ ? उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

educationeconomic-developmentsdg
13short5 marks

How do you inspire school in your community to find the ways in promoting people participation in education? Suggest any five points.

शिक्षामा जनसहभागिता प्रबर्धन गर्न तपाईंको समुदायमा रहेको विद्यालयलाई के कस्तो उपाय खोजीमा प्रेरित गर्नुहुन्छ ? पाँचवटा सुझाव पेश गर्नुहोस् ।

people-participationeducation
14short5 marks

Why the responsibility of professional life is essential? Explain with examples.

पेशागत जीवनको उत्तरदायित्व बहन गर्न किन आवश्यक छ ? उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

professional-responsibility
15short5 marks

What types of strategies should a teacher apply for the management of diversity in classroom? Clarify.

कक्षाकोठामा देखिने विविधतालाई व्यवस्थापन गर्न एउटा शिक्षकले के कस्ता रणनीतिहरू उपयोग गर्न सक्छन् ? प्रस्ट पार्नुहोस् ।

diversity-managementclassroom
16short5 marks

Describe the learning conditions that guarantee equality and equity in education.

शिक्षामा समता र समानताको प्रत्याभुति दिने सिकाइका अवस्थाहरू चित्रण गर्नुहोस् ।

अथवा (Or)

Identify the areas of inequality in education. Propose the measures to eliminate these inequalities and suggest for the development of equitable education with five points. [2.5+2.5][2.5+2.5]

शिक्षामा असमानताका पाँचवटा क्षेत्रहरू पहिचान गर्नुहोस् । उक्त असमानतालाई निर्मूल गरी समतामूलक शिक्षा विकासका लागि पाँच उपाय पेश गर्नुहोस् ।

equityequalityinequality
17short5 marks

What kinds of activities are essential to implement the concept of school as peace zone? Mention any five activities.

'विद्यालय शान्ति क्षेत्र' भन्ने अवधारणालाई मूर्त रूप दिन विद्यालयमा के कस्ता क्रियाकलाप गर्न जरूरी देखिन्छ ? कुनै पाँचवटा क्रियाकलाप उल्लेख गर्नुहोस् ।

peace-educationschool-as-peace-zone
18short5 marks

List the physical resource as investment in education and explain any one of them.

शिक्षामा गरिने लगानी अन्तर्गत भौतिक स्रोतहरूको सूची बनाई कुनै एकको व्याख्या गर्नुहोस् ।

educational-investmentphysical-resources
19short5 marks

How the priority areas of the educational plan determined during planning process?

शैक्षिक योजना निर्माणको क्रममा शैक्षिक योजनाका प्राथमिकताका क्षेत्रहरू कसरी निर्धारण गरिन्छ ?

educational-planningpriority-areas
C

Group 'C' (Long answer questions)

Attempt all questions.

3 questions·8 marks each
20long8 marks

List the dimensions of development and explain any one of them. [3+5][3+5]

विकासका आयामहरूको सूची बनाई कुनै एकको वर्णन गर्नुहोस् ।

developmentdimensions
21long8 marks

Identify the main income source of school. State the ways of mobilization of these resources and give the ways to search alternative resources for school. [2+3+3][2+3+3]

विद्यालयका आम्दानीका प्रमुख स्रोतहरू खोजी गर्नुहोस् । उक्त स्रोत परिचालन गर्ने तरिका उल्लेख गर्दै वैकल्पिक स्रोत खोजीका उपाय समेत दिनुहोस् ।

अथवा (Or)

State the stages of education development in Nepal. Show the correlation between the education system from past to present. [3+5][3+5]

नेपालमा शिक्षा विकासका चरणहरू उल्लेख गर्दै विगत र वर्तमानको शिक्षा व्यवस्थाका सहसम्बन्ध देखाउनुहोस् ।

school-incomeresource-mobilizationeducation-history
22long8 marks

What kind of effort is necessary to increase the community involvement for basic level education? Express your opinion in the context of Nepal. [4+4][4+4]

आधारभूत तहको शिक्षामा समुदायको संलग्नता अभिवृद्धि गर्न स्थानीय सरकारले के कस्तो पहल गर्न जरूरी देखिन्छ ? नेपालको सन्दर्भसहित राय प्रकट गर्नुहोस् ।

community-involvementbasic-educationlocal-government