NEB Class 12 Education Education and Development Question Paper 2082 (Set B)
Group 'A' (Very short answer questions)
Attempt all question.
What is development?
विकास भनेको के हो ?
Why sustainable development is important for the future of our planet?
पृथ्वीको भविष्यको लागि दिगो विकासको आवश्यकता किन छ ?
Give one definition of community.
समुदायको एउटा परिभाषा दिनुहोस् ।
What is peace education?
शान्ति शिक्षा भनेको के हो ?
How does diversity enhance learning outcomes?
विविधताले कसरी सिकाई परिणामहरू बढाउँछ ?
Write main two sources of development.
विकासका मुख्य दुई स्रोतहरू लेख्नुहोस् ।
What is educational planning?
शैक्षिक योजना भनेको के हो ?
In which period known as the period of educational negligence?
शिक्षाको उपेक्षाको काल भनेर कुन काललाई जनाउँछ ?
How can local communities be involved in resource mobilization? Mention any two ways.
स्रोत परिचालनमा स्थानीय समुदायलाई कसरी संलग्न गराउन सकिन्छ ? कुनै दुई तरिका उल्लेख गर्नुहोस् ।
Why long-term planning is essential for sustainable education devleopment? Give any two reasons.
दिगो शैक्षिक विकासका लागि दीर्घकालीन योजना किन आवश्यक छ ? कुनै दुईवटा कारण लेख्नुहोस् ।
What strategies can be implemented to enhance the literacy rate in Nepal? Mention any two strategies.
नेपालमा साक्षरता दर वृद्धि गर्न के कस्ता रणनीतिहरू लागू गर्न सकिन्छ ? कुनै दुई रणनीति उल्लेख गर्नुहोस् ।
Group 'B' (Short answer questions)
Attempt all questions.
How can education be leveraged to reduce poverty in developing countries? Mention any five causes.
विकासोन्मुख देशहरूमा गरिबी घटाउन शिक्षालाई कसरी सदुपयोग गर्न सकिन्छ ? कुनै पाँचवटा कारण उल्लेख गर्नुहोस् ।
अथवा (Or)
Identify the five roles of education for achieving the sustainable development goals.
दिगो विकासका लक्ष्य हासिल गर्न शिक्षाको पाँचवटा भूमिका पहिचान गर्नुहोस् ।
How does education contribute to reduce inequalities and promoting social justice in sustainable development?
दिगो विकासमा असमानता घटाउन र सामाजिक न्याय प्रबर्धन गर्न शिक्षाले कसरी योगदान पुर्याउँछ ?
List out the civic responsibilities within five points.
नागरिक जिम्मेवारीलाई पाँचवटा बुँदामा सूचीबद्ध गर्नुहोस् ।
Differentiate between equity and equality within five points.
समता र समानता बिच पाँच बुँदामा फरक छुट्याउनुहोस् ।
If you were a leader tasked with rebuilding a society after a period of cultural conflict, what steps would you take to promote reconciliation and long term peace?
यदि तपाईं सांस्कृतिक द्वन्द्वको अवधिपछि समाजको पुनर्निर्माणको जिम्मेवारी लिने नेता हुनुहुन्छ भने तपाईंले मेलमिलाप र दीर्घकालीन शान्ति प्रबर्धन गर्न के कदम चाल्नुहुन्छ ?
Describe five ways of resource collection modalities and five resource mobilization modalities.
स्रोत संकलन र स्रोत परिचालनका पाँच/पाँचवटा तरिकाबारे बयान गर्नुहोस् ।
'Planing is important for school development.' Explain.
'विद्यालयको विकासको लागि योजना महत्त्वपूर्ण हुन्छ ।' व्याख्या गर्नुहोस् ।
अथवा (Or)
How do use assessment in students learning? Present any five ways.
मूल्याङ्कनलाई विद्यार्थीको सिकाइमा कसरी प्रयोग गर्न सकिन्छ ? कुनै पाँच तरिका प्रस्तुत गर्नुहोस् ।
What is free and compulsory education? Explain needs of free and compulsory education.
नि:शुल्क तथा अनिवार्य शिक्षा भनेको के हो ? नि:शुल्क र अनिवार्य शिक्षा किन आवश्यक हुन्छ ?
Group 'C' (Long answer questions)
Attempt all questions.
Explain causes of unemployment based on reference to the social, economic and human resource and its mitigation ways of Nepal.
नेपालको सामाजिक, आर्थिक र मानव स्रोत विकासका आयामहरूका आधारमा बेरोजगारीको समस्या आउनुका कारण र समाधानको उपाय उल्लेख गर्नुहोस् ।
Describe the ways of promoting public awareness in subject of public concern with example.
सार्वजनिक सरोकारको विषयमा जनचेतना प्रबर्धन गर्ने तरिकाहरू उदाहरणसहित वर्णन गर्नुहोस् ।
अथवा (Or)
Identify and explain any four ways to manage diversity in school education.
विद्यालय शिक्षामा विविधता व्यवस्थापन गर्ने कुनै चारवटा तरिका पहिचान गरी प्रत्येकको व्याख्या गर्नुहोस् ।
Explain the process and steps of educational planning.
शैक्षिक योजनाको निर्माण प्रक्रिया र निर्माणका चरणहरूबारे वर्णन गर्नुहोस् ।