NEB Class 12 Education Education and Development Question Paper 2082 (Set A)
Group 'A' (Very short answer questions)
Attempt all question.
List any two indicators of development.
विकासका कुनै दुई गुणात्मक सूचकहरूको सूची बनाउनुहोस् ।
Mention any two festivals specially celebrated in your community.
तपाईंको समुदायमा मनाइने कुनै दुईवटा चाडपर्वहरू उल्लेख गर्नुहोस् ।
How nomadic life of primitive society reflects?
घुमन्ते जीवनशैलीले प्रारम्भिक समाजको कस्तो अवस्थालाई जनाउँछ ?
Write any two importance of civic education.
नागरिक शिक्षाका कुनै दुई महत्त्व लेख्नुहोस् ।
Mention any two causes of social diversity in your community.
तपाईंको समुदायमा हुने कुनै दुईवटा विविधताका कारणहरू उल्लेख गर्नुहोस् ।
Write any two ways of resource mobilization for education development.
शिक्षाको विकासका लागि स्रोत परिचालनका कुनै दुई उपायहरू लेख्नुहोस् ।
Mention any two causes of increasing educational investment.
शिक्षामा आर्थिक लगानी बढाउनुपर्ने कुनै दुईवटा कारणहरू उल्लेख गर्नुहोस् ।
State any two challenges of quality education in Nepal.
नेपालमा गुणस्तरीय शिक्षाका कुनै दुई चुनौतीहरू प्रस्तुत गर्नुहोस् ।
State any two causes of conflict in your community.
तपाईंको समुदायमा द्वन्द्व उत्पन्न हुनुका कुनै दुईवटा कारणहरू उल्लेख गर्नुहोस् ।
Illustrate any two inclusive behaviours of a teacher can demonstrate in classroom teaching.
कक्षाकोठामा शिक्षकले प्रदर्शन गर्न सक्ने समावेशी व्यवहारको कुनै दुई उदाहरण प्रस्तुत गर्नुहोस् ।
In which districts NESP was implemented at first?
राष्ट्रिय शिक्षा पद्धतिको योजना सर्वप्रथम कुन कुन जिल्लामा लागु गरिएको थियो ?
Group 'B' (Short answer questions)
Attempt all questions.
Differentiate between economic growth and development in any five points.
आर्थिक वृद्धि र विकास बिच पाँच बुँदामा फरक लेख्नुहोस् ।
List out any five techniques for inclusive education and clarify of them.
समावेशी शिक्षाका लागि अपनाउन सकिने कुनै पाँचवटा उपायहरूको सूची बनाई प्रत्याउनुहोस् ।
Explain about the causes of social diversity.
सामाजिक विविधताका कारणहरूबारे चर्चा गर्नुहोस् ।
अथवा (Or)
State major five areas of inequality in your society and describe any one of them.
तपाईंको समाजमा असमानताका पाँच क्षेत्रहरू उल्लेख गरी कुनै एकको वर्णन गर्नुहोस् ।
What is school improvement plan? Explain the aspects that should be addressed in SIP.
विद्यालय सुधार योजना भनेको के हो ? यसमा समावेश गरिने पक्षहरू प्रस्तुत गर्नुहोस् ।
How do you collect resources to your community's school development? Clarify.
तपाईंको समुदायमा भएको विद्यालयको विकासका लागि आवश्यक पर्ने स्रोतहरू कसरी संकलन गर्नुहुन्छ ? प्रत्याउनुहोस् ।
अथवा (Or)
Explain sources of investment in education.
शैक्षिक लगानीका स्रोतहरू उल्लेख गर्नुहोस् ।
Describe the propositions of educational planning.
शैक्षिक योजनाका निर्देशक सिद्धान्तहरूको व्याख्या गर्नुहोस् ।
Explain the condition of education before pre-unification period of Nepal.
नेपालको एकीकरण पूर्वको शैक्षिक अवस्थाबारे व्याख्या गर्नुहोस् ।
'There is necessary of interrelationship among curriculum, pedagogy and evaluation system'. Clarify your views with five points.
'पाठ्यक्रम, शिक्षण सिकाइ र मूल्याङ्कन बिच अन्तरसम्बन्ध आवश्यक छ' । पाँचवटा तर्कसहित आफ्नो विचार व्यक्त गर्नुहोस् ।
Group 'C' (Long answer questions)
Attempt all questions.
Establish the relationship between education and different dimension of development. Clarify it's implication in Nepalese context.
विकासका विभिन्न आयामहरू र शिक्षाबिचमा सम्बन्ध स्थापित गर्नुहोस् । नेपालको सन्दर्भमा यसको उपयोगिता प्रत्याउनुहोस् ।
Differentiate equity and equality with examples. What strategies can be adopted for ensuring equity education?
समता र समानताबिच उदाहरणसहित भिन्नता प्रस्तुत गर्नुहोस् । समता कायम गर्न के कस्ता रणनीतिहरू लागु गर्न सकिन्छ ?
अथवा (Or)
Introduce diversity of education in Nepal and clarify the ways to manage diversity.
नेपालको शिक्षामा देखिएका विविधताको परिचय दिई विविधता व्यवस्थापन गर्ने तरिकाबारे प्रत्याउनुहोस् ।
Explain the problems and challenges of current education system of Nepal and suggest to solve these challenges.
नेपालको वर्तमान शिक्षा पद्धतिका समस्या तथा चुनौतीहरू उल्लेख गर्दै उक्त चुनौती समाधान गर्ने उपायहरू समेत सुझाउनुहोस् ।