NEB Class 12 ALL Compulsory Nepali Question Paper 2080 (Set B)
This is the official NEB Class 12 (ALL stream) Compulsory Nepali (अनिवार्य नेपाली) question paper for 2080 Set B, as set in the supplementary supplementary examination. It carries 75 full marks and a time allowance of 180 minutes, across 29 questions. On Kekkei you can attempt this Compulsory Nepali past paper online with a timer, get instant AI feedback and step-by-step solutions, and track the topics where you lose marks — completely free. Whether you are revising for your NEB Class 12 Compulsory Nepali exam or solving previous years' question papers, this 2080 paper is a great way to practise under real exam conditions.
तलको वाक्यमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत लेख्नुहोस् :
सुखी र समृद्ध जीवनका लागि सुस्वास्थ्य अपरिहार्य कुरा हो। समुचित आहारविहारबाट सुस्वास्थ्यको प्राप्ति हुन्छ । पूर्वीय संस्कृतिको के मान्यता छ भने आहार र विहारमा ध्यान दिने हो भने स्वास्थ्यको संरक्षण गर्न कठिनाइ हुँदैन ।
तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
हामी अघि बढ्यौँ। बाटोमा कुकूरहरू भुकिरहेका थिए । साँच्चैनै यउटा घरभीत्र लालटिन बलि रहेको देखियो
तलको अनुच्छेदबाट एउटा प्राविधिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी एक एकओटा वाक्य बनाउनुहोस् ।
सामाजिक सञ्जालमा छापिएका कतिपय भ्रामक समाचारले अचेल मानिसका ओठतालु छिनभरमै सुकाई प्याक्प्याक्ती बनाएका घटना सुनिएकै हो । अझ कतिपय जीवित मानिसलाई मृत घोषणा गरिदिने अमानवीय व्यवहार देख्दा र सुन्दा आफन्त खङ्ग्रङ भई तिनका आङ सिरिङ हुन्छन् भने कतिपय त भुइँमा डङ्ग्रङ लडेर घाइतेसमेत बन्छन् । तसर्थ सामाजिक सञ्जालका प्रयोक्तालाई समाजप्रति अति संवेदनशील बनाउन कानुन नै आवश्यक भएको हो र ?
तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनको प्रयोग गरेर एक एकओटा वाक्य बनाउनुहोस् ।
खुट्टा तान्ने बानी भएको विकासले हुने बिरुवाको चिल्लो पातको उदाहरण बनेको सेवकको झोलाबाट गृहकार्यको कापी झिकेर आफ्नो भनी गुरुबालाई देखायो र स्यावासी पाउँदा काम गर्ने कालु मकै खाने भालु भने भयो। कक्षा सकिएपछि विकास आफ्नो त तालुमा आलु फल्यो भन्दै खुसी भएको देखेपछि गुरुबालाई शङ्का लागेर सोध्दा आफूसँग उक्त कापी नभएको जनायो । सबैको झोला खोज्दै जाँदा रविनको झोलामा फेला परेपछि उसले गाली पायो । सबै घटना नजिकबाट हेरिरहेकी रिमा धान खाने मुसो चोट पाउने भ्यागुतो भयो भन्दै कराएपछि भने विकास कक्षाकोठामा आई घुँडा टेक्न बाध्य भयो ।
तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
के म आफ्नो लागि आफैँले खाल्डो खनिरहेकी त छैन ? आखिर सामाजिक प्रतिष्ठा पनि वैयक्तिक मर्यादा र महत्त्वका लागि नभइनहुने पक्ष हो ।
तलको अनुच्छेद्बाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
गहिरो अनुसन्धान र सम्बद्ध किताबको प्रशस्त अध्ययन गरेर मात्र उपयुक्त कानुनको निर्माण गर्न सकेमा सबैलाई न्याय सुनिश्चित भएको महसुस गराउन सकिन्छ तर इन्टरनेटको प्रयोग गरी अर्काको लिखत डाउनलोड गरी बजारीकरण गर्नेबाट के आश गर्नु ?
तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द निर्माण गर्नुहोस् :
- उपसर्ग : अनु, परि, सु
- प्रत्यय: अक, ईय, ले
तलको अनुच्छेद्बाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द खोजी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
एउटै गाउँका मानिसहरूमध्ये कोही दुईजिने र कामचोर प्रवृत्तिका छन् जसलाई आफ्नो इज्जतसिज्जतको कुनै मतलब छैन तर देशहितमा लागेर आ-आफ्नो भूमिकासहित देश-विदेश घुम्दै मरमदत मागी सुखदुःखका साथ स्वदेश फर्किएका यशोधरा र गजानन भने छरछिमेकका घरघरमा चर्चित बनेको देख्दा कामचोरहरू लुरुरु घरभित्र पस्छन् ।
ले, लाई, निम्ति, द्वारा, देखि, बाट, को र मा विभक्ति लागेका कारक प्रयोग भएका आठओटा वाक्यमा आफ्नो क्षेत्रमा गरिएको वृक्षरोपण कार्यक्रमको वर्णन गर्नुहोस् ।
तलको अनुच्छेदका वाक्यहरूलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् :
म विद्यालयबाट घर आएं। म खाजा खाएर घुम्न निस्किएँ । मैले गृहकार्य गर्न बिर्से । मैले अर्को दिनदेखि गृहकार्य नगरी बाहिर नजाने वाचा गरें।
तलका वाक्यलाई वाक्य ढाँचासहित सम्भावनार्थकमा परिवर्तन गरी लेख्नुहोस् :
रमेश इन्जिनियर बन्छन् भने रवि शिक्षक बन्छन् । रमेशकी साथी सविता कविता लेख्छिन् । मौसम गीत गाउँछन् । तिनीहरू सबैको चाहना पूरा हुन्छ ।
तलका वाक्यहरूलाई वाच्य परिवर्तन गरी वाक्य ढांचासमेत मिलाई पुनर्लेखन गर्नुहोस् :
आज कविता लेखन प्रतियोगितामा सहभागी भइन्छ । निर्णायकहरूको निर्देशनअनुसार कविता लेख्न सुरु गरिन्छ । निर्णायकहरूद्वारा हाम्रा कविताहरू मूल्याङ्कन गरिन्छन् । उक्त प्रतियोगितामा पुरस्कार जितेर खुसी भइन्छ ।
तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :
संस्कृत भाषामा ज्ञान र विज्ञान दुवै पाइन्छन् । संस्कृत भाषामा लेखिएका साहित्य उपदेशमूलक हुन्छन् । वेद पनि संस्कृत भाषामै लेखिएको छ । संस्कृत भाषाको प्रवर्धन आजको आवश्यकता हो ।
तल दिइएका चारओटा जटिल वाक्यहरूलाई आठओटा सरल वाक्यहरूमा छुट्याउनुहोस् :
गोपालप्रसाद रिमालले 'आमाको सपना' कविता लेखे किनभने नेपालमा परिवर्तन आवश्यक थियो । नेपालमा धेरै पटक आन्दोलन भए पनि समाजमा अझै समानता आएको छैन । जबसम्मत सबैले न्याय र समानता प्राप्त गर्दैनन् तबसम्म परिवर्तन भएको मानिदैन । समाजमा सबै इज्जतपूर्वक बाँच्न पाउनुपर्छ तापनि नेपाली समाजमा समानता कानुनमा मात्र सीमित बनेको छ ।
तल दिइएका अनुच्छेदहरू पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
[अनुच्छेद पाठ सामग्रीका लागि मुख्य कन्टेन्ट हेर्नुहोस्]
प्रश्नहरू: (क) विज्ञानलाई सञ्चार क्षेत्रमा किन बढी महत्त्वपूर्ण ठानिएको हो ? (ख) शिक्षा क्षेत्रमा विज्ञानको उपलब्धिलाई कसरी उपयोग गरिएको छ ? (ग) विज्ञानले औषधिका क्षेत्रमा कस्तो प्रभाव पारेको छ ? (घ) विज्ञानका कारण संसार किन साँघुरिएको अनुभव हुन्छ ? (ङ) विज्ञानका कुनै दुईओटा बेफाइदा लेख्नुहोस् ।
तल दिइएको अनुच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् :
[अनुच्छेद पाठ सामग्रीका लागि मुख्य कन्टेन्ट हेर्नुहोस्]
तपाईंको टोलमा फोहर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको र सरुवा रोगसमेत निम्तिने खतरा बढेको विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनका निम्ति स्थानीय पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् ।
'बालाजु औद्योगिक केन्द्र' ले धादिङबेसी स्थित 'भैरवी सेवा प्रा.लि.' लाई उसको मागबमोजिमका इन्टेरियर डिजाइनका सामान उपलब्ध गराई रु. १,००,०००/- (अक्षरेपी एक लाख मात्र) भुक्तानी लिएको भरपाईको नमुना तयार पार्नुहोस् ।
आफ्नो विद्यालयले आयोजना गरेको कविता प्रतियोगिता कार्यक्रमका सम्पूर्ण विवरण समेटी १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् । (मानौं, तपाईंको नाम सगुन हो र तपाईंको विद्यालय प्रगति माध्यमिक विद्यालय हो ।)
'ग्रामीण क्षेत्रका विद्यार्थीमा प्रविधिको पहुँच' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
व्याख्या गर्नुहोस् : 'यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।'
व्याख्या गर्नुहोस् : 'हाम्रो समाजमा रहेका विविधता नै हाम्रा पहिचान हुन् । यी हाम्रा सम्पत्ति पनि हुन् । देशका यस्ता अमूल्य निधिलाई समस्याका रूपमा बुझ्नु हुँदैन ।'
तलको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
[कथांश पाठ सामग्रीका लागि मुख्य कन्टेन्ट हेर्नुहोस्]
प्रश्नहरू: (अ) ममताको मन किन हलुङ्गो भयो ? (आ) ममता र सुबोधका बिचमा मनमुटाउ हुनुको कारण के हो ?
तलको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
[निबन्धांश पाठ सामग्रीका लागि मुख्य कन्टेन्ट हेर्नुहोस्]
प्रश्नहरू: (क) नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ? (ख) नेपालका घरेलु उत्पादनलाई व्यवस्थापन गरी बजारीकरण गर्न कस्ता उपाय अवलम्बन गर्नुपर्ला ?
हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुऱ्याउन खेलेको भूमिकाबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ? कारणसहित प्रतिक्रिया दिनुहोस् ।
'नारी प्रेम र सङघर्षका प्रतिमूर्ति हुन्' भन्ने भनाइ तपाईंलाई कस्तो लाग्यो ? 'विरहिणी दमयन्ती' कथाका आधारमा प्रतिक्रिया दिनुहोस् ।
'एक चिहान' उपन्यासका पात्र गोदत्तप्रसाद र शिवनारानका चरित्रगत विशेषता उल्लेख गर्दै उक्त दुई पात्रमध्ये कसका विशेषता तपाईंलाई राम्रो लाग्यो कारणसहित समीक्षात्मक उत्तर दिनुहोस् ।
'हामीलाई बोलाउँछन् हिमचुली' कविताले दिएको मुख्य सन्देश के हो? समीक्षात्मक उत्तर दिनुहोस् ।
कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :
(क) आत्मानुशासन (ख) सामाजिक सञ्जालको सदुपयोग (ग) कृषिमा आधुनिकीकरण