NEB Class 12 Social Studies Question Paper 2082 (Set B)
समूह 'क' (अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू)
सबै प्रश्नको उत्तर दिनुहोस् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को स्थापना कहिले भएको हो ?
विश्व अवस्थितिक प्रणाली (GPS) को कुनै एक उपयोगिता उल्लेख गर्नुहोस् ।
तपाईंले विपत्को समयमा गर्न सक्ने कुनै एक कार्य लेख्नुहोस् ।
स्वयम्भुनाथ कुन शैलीमा निर्माण गरिएको छ ?
तपाईंले आफ्नो समुदायमा अनुभव गर्नु भएको लैङ्गिक विभेदको कुनै एक उदाहरण उल्लेख गर्नुहोस् ।
जंगबहादुरले नेपालमा पहिलो पटक लिखित ऐन कहिले जारी गरेका थिए ?
जनमत संग्रह, २०३७ का विकल्पहरू उल्लेख गर्नुहोस् ।
'राष्ट्रिय सुरक्षा एक संवेदनशील विषय हो', एक वाक्यमा प्रस्ट पार्नुहोस् ।
निर्णय प्रक्रियामा विकल्पहरूको विकास गर्नुपर्छ, किन ? एउटा कारण दिनुहोस् ।
आफूले समाजमा देखेको द्वन्द्व रूपान्तरणको एउटा उदाहरण दिनुहोस् ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या र जनसङ्ख्या वृद्धिदर कति छ ? लेख्नुहोस् ।
समूह 'ख' (संक्षिप्त उत्तरात्मक प्रश्नहरू)
सबै प्रश्नको उत्तर दिनुहोस् ।
व्यक्ति र समाजबीचको सम्बन्धलाई उदाहरणसहित प्रष्ट्याउनुहोस् ।
'कृषि तथा पशुपालन युग सभ्यता र संस्कृति निर्माणको चरण पनि हो' । कुनै पाँच बुँदामा पुष्टि गर्नुहोस् ।
विपत् व्यवस्थापनका लागि विपत्को पूर्व तयारी संयन्त्रहरूलाई कसरी परिचालनमा ल्याउन सकिन्छ ? उल्लेख गर्नुहोस् ।
नेपालको जातीय, धार्मिक तथा संस्कारगत विविधताको संरक्षण गर्ने पाँच उपायहरू लेख्नुहोस् ।
नेपालमा लोकतन्त्र उदय हुनुका कुनै पाँच कारणहरू लेख्नुहोस् ।
नेपालमा पछिल्लो समय प्राविधिक र व्यावसायिक शिक्षाप्रति आकर्षण बढ्दै जानुका कारणहरू लेख्नुहोस् ।
सामाजिक सञ्जालको उत्तरदायी प्रयोगका लागि के गर्न सकिन्छ ? पाँच बुँदा उल्लेख गर्नुहोस् ।
नेपालको शहरीकरणमा देखिएका चुनौतीहरू न्यूनीकरण गर्ने उपायहरू उल्लेख गर्नुहोस् ।
समूह 'ग' (विस्तृत उत्तरात्मक प्रश्नहरू)
सबै प्रश्नको उत्तर दिनुहोस् ।
लैङ्गिक समावेशीताको अवधारणा स्पष्ट पार्दै समावेशीकरणको अभ्यासपछि सामाजिक रूपान्तरणमा परेको प्रभाव उल्लेख गर्नुहोस् ।
पृथ्वीनारायण शाह दूरदर्शी र महत्त्वकांक्षी राजा थिए । नेपाल एकीकरणमा उनका गतिविधिका आधारमा पुष्टि गर्नुहोस् ।
नेपालमा राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्ने उपायहरू वर्णन गर्नुहोस् ।