NEB Class 12 Social Studies and Life Skill Education Question Paper 2082 (Set A)
समूह 'क' (अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू)
सबै प्रश्नको उत्तर दिनुहोस् ।
बौद्ध परम्परामा अष्टाङ्गिक मार्ग अन्तर्गत 'सम्यक प्रयास' को अर्थ प्रस्ट पार्नुहोस् ।
पूर्वीय र पाश्चात्य परम्परा बिचको समान विशेषता एक बुँदामा स्पष्ट पार्नुहोस् ।
सामाजिक अनुसन्धान प्रतिवेदन तयार पार्दा सन्दर्भ सामग्रीको प्रयोगमा ध्यान दिनुपर्ने कुरा एक बुँदामा लेख्नुहोस् ।
सूचना तथा तथ्याङ्कलाई अनुसन्धानको महत्त्वपूर्ण आधार मानिन्छ, किन ? एक बुँदामा प्रस्ट पार्नुहोस् ।
नेपाल मण्डलको अन्तिम राजाको नाम उल्लेख गर्नुहोस् ।
तपाईंको समुदायमा भएको सामाजिक रूपान्तरणलाई कसरी अभ्यास गर्नभएको छ ? आफ्नो अनुभव एक बुँदामा लेख्नुहोस् ।
किशोरकिशोरीमा मोबाईल फोनको प्रयोगबाट पर्ने नकरात्मक असर न्यूनीकरण गर्न एउटा नारा तयार पार्नुहोस् ।
नेपालको आन्तरिक बसाईंसराइमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी हुनुको कारण के हो ? एक बुँदामा उल्लेख गर्नुहोस् ।
नेपालको परराष्ट्र नीतिका कुनै दुई विशेषता लेख्नुहोस् ।
वैश्विक सङ्घ संस्थाबाट लाभ लिन नेपाल सरकारले गरेका गतिविधिको सम्बन्धमा जानकारी लिन परराष्ट्र मन्त्रीलाई सोध्न सकिने दुईवटा प्रश्नको नमुना तयार पार्नुहोस् ।
बेरोजगारी समस्या समाधानमा प्राविधिक शिक्षाको महत्त्व एक बुँदामा लेख्नुहोस् ।
समूह 'ख' (संक्षिप्त उत्तरात्मक प्रश्नहरू)
सबै प्रश्नको उत्तर दिनुहोस् ।
बौद्धिक चोरी न्यूनीकरणका लागि भएका कानुनी प्रयासलाई व्यावहारिक बनाउन तपाईंले खेल्न सक्ने भूमिका पाँच बुँदामा स्पष्ट पार्नुहोस् ।
जीवन दर्शनको अर्थ उल्लेख गरी यसका कुनै चारवटा विशेषताहरू लेख्नुहोस् ।
अथवा
कम्प्युटर सफ्टवेयर प्रयोग गरी अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई प्रभावकारी बनाउन के कस्ता विषयमा ध्यान पुर्याउनु पर्छ ? पाँच बुँदामा स्पष्ट पार्नुहोस् ।
तपाईंको प्रदेशमा अवस्थित धार्मिक तथा ऐतिहासिक स्थललाई स्वच्छ र सफा राख्न आग्रह गर्दै सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस् ।
नेपालको राणाकालीन राजनीतिक अवस्था प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएता पनि देशको शैक्षिक, कानुनी र सामाजिक क्षेत्रमा सकारात्मक सुधारको थालनी भएको थियो । यसप्रति तपाईंको धारणा पाँच बुँदामा लेख्नुहोस् ।
सामाजिक विविधताको सम्मानले सामाजिक सद्भाव, सहिष्णुता प्रवर्धन गर्छ । उदाहरणसहित पाँच बुँदामा प्रस्ट पार्नुहोस् ।
प्रजातान्त्रिक शासन प्रणालीमा सूचनाको हकको महत्त्व पाँच बुँदामा स्पष्ट पार्नुहोस् ।
'अव्यवस्थित सहरीकरणको नकारात्मक प्रभाव हुँदाहुँदै पनि सहरीकरण अपरिहार्य बनेको छ' । यो भनाईलाई पाँच बुँदामा पुष्टि गर्नुहोस् ।
शिक्षाको विकासमा समुदायको भूमिका पाँच बुँदामा लेख्नुहोस् ।
अथवा
शिक्षाले मानव संसाधनको विकासमा कसरी सघाउँछ ? पाँच बुँदामा स्पष्ट पार्नुहोस् ।
समूह 'ग' (विस्तृत उत्तरात्मक प्रश्नहरू)
सबै प्रश्नको उत्तर दिनुहोस् ।
सिर्जनात्मक चिन्तनले व्यक्तिको क्षमता विकास तथा समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, कसरी ? आफ्नो अनुभव तथा समाजमा भएका अभ्यासको आधारमा पुष्टि गर्नुहोस् ।
तपाईं बसोबास गर्ने प्रदेशको भौगोलिक संरचनाले त्यहाँको आर्थिक गतिविधिमा पारेको प्रभाव र चुनौतीहरू उल्लेख गर्नुहोस् ।
अथवा
विपत् व्यवस्थापनको अवधारणा तथा यसका लागि राज्यबाट गरिएका प्रयासहरू उदाहरणसहित छ बुँदामा प्रस्ट पार्नुहोस् ।
'दिगो विकास लक्ष्य (SDGs) र गरिबी निवारण बिचको सम्बन्ध' शीर्षकमा एक लेखको नमुना उल्लेख गर्नुहोस् ।