Browse papers
A

समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् ।

11 questions·1 marks each
1short1 marks

जीवनोपयोगी सिपअन्तर्गत पर्ने कुनै दुईओटा क्षेत्रहरू उल्लेख गर्नुहोस् ।

life-skills
2short1 marks

कस्तो जीवनशैलीलाई स्वस्थ जीवनशैली भनिन्छ ?

healthlifestyle
3short1 marks

स्वतन्त्र चर र निर्भर चरका एक एक ओटा उदाहरण दिनुहोस् ।

statisticsvariables
4short1 marks

अन्तर्वैयक्तिक सिपमा पर्ने कुनै दुई ओटा सिप लेख्नुहोस् ।

life-skills
5short1 marks

कर्णाली प्रदेशमा जम्मा कति जिल्ला रहेका छन् ?

geographynepal
6short1 marks

राजा मानदेवका कुनै दुई महत्त्वपूर्ण कार्यहरू उल्लेख गर्नुहोस् ।

historynepal
7short1 marks

SPI को पूरा रूप लेख्नुहोस् ।

abbreviation
8short1 marks

नेपालको संविधान, २०७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था कुन भागमा गरिएको छ ?

constitutionnepal
9short1 marks

नागरिकले पालना गर्नुपर्ने कुनै दुई कर्तव्य लेख्नुहोस् ।

civicsduties
10short1 marks

वि.सं. २०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या कति रहेको छ ?

censuspopulation
11short1 marks

तथ्याङ्कका दुई स्रोतहरू के-के हुन् ?

statisticsdata-sources
B

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् ।

8 questions·5 marks each
12short5 marks

पूर्वीय चिन्तन परम्परामा नेपालको कस्तो योगदान रहेको छ ? लेख्नुहोस् ।

अथवा

लेखन कार्यमा संलग्न रहने आफ्नो साथीलाई अरूको लेख रचना प्रयोग गर्दा कुन कुन नैतिक पक्षहरूमा ध्यान दिन सल्लाह दिनुहुन्छ ? कुनै पाँचओटा ध्यान दिनुपर्ने पक्षहरू उल्लेख गर्नुहोस् ।

philosophynepal
13short5 marks

'सामाजिक विविधता र एकता आजको आवश्यकता' भन्ने शीर्षकमा एक लेख तयार गर्नुहोस् ।

essaysocial-diversity
14short5 marks

प्राचीन नेपालमा महिषपाल वंशको शासन बारे लेख्नुहोस् ।

historynepal
15short5 marks

बागमती प्रदेश व्यापार र औद्योगिक केन्द्र हुनुका पाँचओटा कारण उल्लेख गर्नुहोस् ।

geographytradebagmati
16short5 marks

लैङ्गिक समावेशीकरणको अवधारणा किन आवश्यक परेको हो ? कारण दिनुहोस् ।

genderinclusion
17short5 marks

स्थानीय सरकार गठन प्रक्रिया उल्लेख गर्नुहोस् ।

local-government
18short5 marks

कम विकसित देशहरूमा सहरीकरण तीव्र रूपले हुने कारणहरू के के हुन् ? प्रस्तुत गर्नुहोस् ।

urbanizationdevelopment
19short5 marks

नेपालको अर्थतन्त्र विकास गर्न मानव संसाधनले खेल्नुपर्ने महत्त्वपूर्ण भूमिका के हो ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

अथवा

'नेपालमा शिक्षामा पहुँच' का बारेमा आफूले देखेका र भोगेका विविध अवस्थालाई स्मरण गरी एक अनुच्छेदको लेख तयार गर्नुहोस् ।

economyhuman-resources
C

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् ।

3 questions·8 marks each
20long8 marks

वैयक्तिकतावादी दृष्टिकोण र समुदायवादी दृष्टिकोणमा के भिन्नता रहेको छ ? नेपाली संस्कृतिमा तिनीहरूको समन्वय कसरी गरिएको छ ? लेख्नुहोस् ।

sociologyculture
21long8 marks

नेपालको सातओटै प्रदेशमा विकासका लागि कस्ता भौगोलिक अवसरहरू छन् ? तिनको उपयोग कसरी गर्न सकिन्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

अथवा

लिच्छविकालीन आर्थिक अवस्थाको चर्चा गर्दै हालका पुस्ताले त्यसबाट के के कुरा सिक्नु पर्दछ ? उल्लेख गर्नुहोस् ।

geographydevelopmentprovinces
22long8 marks

नेपालमा हिमाली जिल्ला र ग्रामीण बस्तीबाट बसाइँसराइ गरेर सहरतर्फ जाने मानिसको सङ्ख्या प्रतिवर्ष बढिरहेको छ । मानौँ तपाईं तीव्र बसाइँसराइ हुने कुनै एक गाउँपालिकाको अध्यक्ष हुनुभएको भए आफ्नो गाउँपालिकाबाट बसाइँ सरेर बाहिरिने क्रम रोक्नका लागि के कस्ता रणनीति अवलम्बन गर्नुहुन्थ्यो ? उल्लेख गर्नुहोस् ।

migrationlocal-government