NEB Class 12 Health and Physical Education Question Paper 2082 (Set A)
Group 'A' (Very short answer questions)
Attempt all the questions.
Mention any one physical change during and after physical training.
शारीरिक व्यायामको समय र सोपछि देखिने कुनै एक शारीरिक परिवर्तन उल्लेख गर्नुहोस् ।
What would be the dimension of skill related physical fitness? Mention any one.
खेलसँग सम्बन्धित कुनै एक शारीरिक तन्दुरुस्तीको आयाम के हुन सक्छ ? उल्लेख गर्नुहोस् ।
Write any one benefit of solar disinfection method (SODIS).
घामले खानेपानी शुद्धीकरण गर्ने विधिको कुनै एक फाइदा लेख्नुहोस् ।
Mention any two ways which you adopt to be safe from kidney disease.
मृगौला रोगबाट बच्न तपाईंले अवलम्बन गर्ने कुनै दुई उपायहरू लेख्नुहोस् ।
Suppose that you have over weight, in this situation, what measures would you adopt to reduce the weight? Mention any one.
मानौं, तपाईंको तौल अधिक छ, यस्तो अवस्थामा आफ्नो तौल घटाउन अवलम्बन गर्ने कुनै एक उपाय उल्लेख गर्नुहोस् ।
Mention any one importance of sexual health.
यौन स्वास्थ्यको कुनै एक महत्त्व उल्लेख गर्नुहोस् ।
Write any one negative aspects of love and romantic relationship.
प्रेम र रोमान्टिक सम्बन्धले ल्याउन सक्ने कुनै एक नकारात्मक पक्ष लेख्नुहोस् ।
Mention any one importance of warmup activity during participation in sports activities.
खेलकुद क्रियाकलापमा सहभागी हुँदा शरीर तताउने क्रियाकलापको कुनै एक महत्त्व उल्लेख गर्नुहोस् ।
Choose any one games among volleyball, football and basketball and mention any two warm up activities of it.
भलिबल, फुटबल र बास्केटबल मध्ये कुनै एक खेल छनौट गर्नुहोस् र त्यसका कुनै दुईवटा शरीर तताउने क्रियाकलापहरू उल्लेख गर्नुहोस् ।
Mention any two types of running.
दौडका कुनै दुईवटा प्रकारहरू उल्लेख गर्नुहोस् ।
Distinguish between relay running and Javelin throw in two points.
रिले दौड र ज्याभलिन थ्रोका बीच कुनै दुई भिन्नता देखाउनुहोस् ।
Group 'B' (Short answer questions)
Attempt all the questions.
Define health promotion and describe any two strategies and methods in short.
स्वास्थ्य प्रवर्धनलाई परिभाषित गर्दै यसका कुनै दुई रणनीति तथा विधिहरूको छोटो व्याख्या गर्नुहोस् ।
Mention any five benefits of community health promotion.
समुदायिक स्वास्थ्य प्रवर्धनका कुनै पाँच फाइदाहरू उल्लेख गर्नुहोस् ।
Describe in short any five ways of reducing health effects due to global warming.
विश्वव्यापी तापमानमा भएको वृद्धिका कारण स्वास्थ्यमा पर्ने असरहरू न्यूनीकरण गर्ने कुनै पाँच उपायहरूको छोटो व्याख्या गर्नुहोस् ।
अथवा (Or)
Describe any five ways of reducing effects of pesticides use in agriculture in short.
कृषिमा प्रयोग हुने विषादीका असर कम गर्ने पाँच उपायहरूको छोटो व्याख्या गर्नुहोस् ।
Suppose that you are playing football with your friends in your school's play ground. While playing, one of your friend fall down and fracture his wrist bone. Friend requested the health education teacher to give him/her first aid to him and the teacher did first aid to him, which you have been observing closely. How do you evaluate the first aid treatment given by the teacher enclosed fracture? Mention any five bases of evaluation.
मानौं, तपाईं विद्यालयको चौरमा साथीहरूसँग फुटबल खेलिरहनु भएको छ । खेल्दा एकजना साथीको नाडीको हाड भाँचियो, उनले स्वास्थ्य शिक्षाका शिक्षकलाई प्राथमिक उपचार गर्न अनुरोध गरे, उहाँले प्राथमिक उपचार गर्नुभयो । सो कुरा तपाईंले हेरिरहनु भएको छ । अब तपाईंले उहाँको बन्द हड्डी भाँचिदा गरेको प्राथमिक उपचारको मूल्याङ्कन कसरी गर्नुहुन्छ ? कुनै पाँच आधारहरू उल्लेख गर्नुहोस् ।
Describe any two main skills of Kabaddi game.
कबड्डी खेलका मुख्य दुई सीपको व्याख्या गर्नुहोस् ।
Describe any four lead up game of any one game among volleyball, football and basketball.
भलिबल, फुटबल र वास्केटबल मध्ये कुनै एक खेलका चार सहयोगी खेलहरूको व्याख्या गर्नुहोस् ।
To conduct 200 meter running layout a track with appropriate measurement having only one lane.
२०० मिटर लम्बाईको दौड सञ्चालन गर्न उपयुक्त नापको एउटा मात्रै गल्ली भएको दौड पथ निर्माण गर्नुहोस् ।
अथवा (Or)
Layout a field with runway and throwing arc of appropriate measurement to conduct event of javelin throw.
ज्याभलिन थ्रो खेल सञ्चालन गर्न उपयुक्त नापको दौडपथ र फ्याक्ने चाप भएको मैदान निर्माण गर्नुहोस् ।
Analyse the importance of sports management to conduct effective tournament in five points.
प्रभावकारी खेल सञ्चालनका लागि खेल व्यवस्थापनको महत्त्व कुनै पाँच बुँदामा विश्लेषण गर्नुहोस् ।
Group 'C' (Long answer questions)
Attempt all the questions.
What is physical fitness? Describe any four changes in cardiovascular system during and after physical exercise with example.
शारीरिक तन्दुरुस्ती भनेको के हो ? शारीरिक व्यायामको समय र सोपछि कार्डियो भास्कुलर प्रणालीमा आउने कुनै चार परिवर्तनहरू उदाहरणसहित व्याख्या गर्नुहोस् ।
In recent days, the prevalence of heart diseases is an increasing trend day by day. To address this problem suggest any four appropriate measures with example.
पछिल्ला दिनहरूमा सहरी क्षेत्रमा मुटु रोगको व्यापकता दर दिन प्रतिदिन बढ्दै गएको छ । यस्तो समस्यालाई समाधान गर्न उपयुक्त चार उपायहरू उदाहरणसहित व्याख्या गर्नुहोस् ।
Adolescence girls who are studying in secondary level have been facing the problems of lacking adolescence friendly services in health institutions. As a responsible adolescent boys/girls, how health services can be made adolescence friendly? Describe any four suggestions with example.
माध्यमिक तहमा अध्ययन गर्ने किशोरीहरू स्वास्थ्य संस्थामा किशोरीमैत्री सेवाको अभावमा समस्यामा परिरहेका छन् । एक जिम्मेवार किशोर/किशोरीका हैसियतले स्वास्थ्य संस्थाका सेवालाई किशोरीमैत्री बनाउन चारवटा सुझावहरू उदाहरणसहित व्याख्या गर्नुहोस् ।
अथवा (Or)
You have seen sexual harassment by some secondary level studying adolescent boys to their peer girls. Describe any four social and legal hurdles these adolescent boys have to face against their harassment with example.
तपाईंले माध्यमिक तहमा अध्ययन गर्ने केही किशोरहरूले आफ्नो दौँतरी किशोरीहरूप्रति यौन हैरानी गरेको देख्नु भएको छ । ती किशोर साथीहरूलाई आफ्ना दौँतरीप्रति गरेको यौन हैरानीको कारण भोग्नु पर्ने कुनै चार सामाजिक तथा कानुनी बाधाहरू उदाहरणसहित व्याख्या गर्नुहोस् ।