Browse papers
1short3 marks

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको अक्षर संरचना र अक्षर सङ्ख्या देखाउनुहोस् ।

मानिसको अवस्था परिवर्तन गर्ने शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । शिक्षाले व्यक्तिको व्यवहार, कार्यशैली र जीवनस्तरमा परिवर्तन ल्याउँछ ।

vyakaranvarna-sankhya
2short3 marks

शुद्ध गरी पुनर्लेखन गर्नुहोस् ।

मेरो शरिर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै सातो पुत्लो उड्छ । तेस्रो र ओग्रलो बाटोमा मनिकै छिटो हिँड्न सक्छु, तर उकालो भने मेरालागि जेमराज जतिकै भयावह हुन्छ ।

vyakaranshuddha-ashuddha
3short2 marks

दिइएको अंशबाट एक ओटा टुक्का शब्द र एक ओटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

मुमुक्क हाँस्ने बानी भएकी शर्मिलालाई मैले हाँसे पनि कसैको आँखा छल्ने काम नगरेस् है भनेर सम्झाएको छु ।

vyakaranshabda-bhed
4short3 marks

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् ।

राजनीतिको सामान्य नियम के हो भन्ने कुरा थाहा पाएर एक थरीले विरोध गर्दा अर्को वर्गले समर्थन गर्दछन् । विरोध नहुने समर्थन र समर्थन नहुने विरोध एकाकी र लाटी हुन्छ ।

vyakaranshabda-varga
5short2 marks

तलको अनुच्छेदबाट २/२ वटा तत्सम शब्द र आगन्तुक शब्द खोजी लेख्नुहोस् ।

प्रदीपले आफ्नो जीविकाका लागि सहरमा पसल खोलेर व्यापार गर्ने निर्णय गरेको छ । पोस्टर र पोसाकबाट आय आर्जन गर्ने उसको लक्ष्य छ ।

vyakarantatsama-agantuk
6short3 marks

कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।

क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीन ओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् ।

उपकारी, गुणी व्यक्तिको महत्त्व ससारमा अत्याधिक रहेको हुन्छ । प्रत्येक संस्थामा श्रावद्ध मानिसहरूको समूह बन्नका लागि सर्वप्रथम सुआचारणको विकास गर्नुपर्छ ।

अथवा

ख) तलको अनुच्छेदबाट तीनवटा समस्तशब्द र तीनवटा द्वित्वशब्द पहिचान गरी समस्तशब्दको दोहोरिएको अंश देखाउनुहोस् ।

मरमसला र गरगहनाको खोजीमा साँफ बिहान श्रमजीवी मात्र होइन, समाना बालबालिकालाई मरमद्दत गर्ने झैँ झगडा गर्न नदिने कक्षा कोठाका छात्रछात्रा पनि यो राष्ट्रका असल नागरिक हुन् ।

vyakaranshabda-nirman
7short4 marks

कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।

क) ले, लाई, द्वारा, बाट, विभक्ति प्रयोग गरी आठ वाक्यमा टोलको सफाइ अभियानको वर्णन गर्नुहोस् ।

अथवा

ख) तलको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्ग परिवर्तन गरी अन्य आवश्यक सुधार सहित पुनर्लेखन गर्नुहोस् ।

ऊ पोखरामा गएको थियो । ऊ तीन दिनसम्म बसेको थियो । उसकी बहिनी पनि गएकी थिई । बहिनीले ऊ सित फोटो खिचेकी थिई । उनीहरूको त्यहाँ रमाइलो गरेका थिए ।

vyakaranvibhaktiling
8short4 marks

कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।

क) तलको अनुच्छेदका वाक्यलाई सङ्ग तिमीलाई पुनर्लेखन गर्नुहोस् ।

काला चराहरू आकाशमा उडे । सिकारीले गुलेली ताक्यो । कमिलाले सिकारीको खुट्टामा टोकिदियो । ऊ छट्पटायो । बन्दुक पड्क्यो । चराहरू भागे ।

अथवा

ख) सामान्य भविष्यत् कालका क्रियापदको प्रयोग गरी आठ वाक्यमा भविष्यको योजनाको बारेमा वर्णन गर्नुहोस् ।

vyakaranvakya-rupantarankriya
9short4 marks

कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।

क) तलका आठ वटा सरल वाक्यलाई चारवटा जटिल वाक्यमा वाक्यान्तर गर्नुहोस् ।

हावा हुरी चल्यो । पानी पर्‍यो । कृषक रमाए । खेततिर लागे । कृषकले खेत खने । उनीहरूले खेती लगाए । कृषकले मेहनत गर्छ । त्यसको फल सबैले पाउँछन् ।

अथवा

ख) तलका वाक्यहरूलाई करण भए अकरण अकरण भए करणमा परिवर्तन गर्नुहोस् ।

वढामित खाने कुरो केही रहनछ । चिउरा, मकै, चामल, आलु केही रहनछ । सुन्तलाहरूले भरिएको एक डालो रहेछ । हामी सुन्तला किनेर खायौँ ।

vyakaranvakyantar
10short5 marks

तलको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ । एकल बिन्दु सेवा केन्द्रका माध्यमबाट वैदेशिक लगानी प्रवर्धन गर्न आवश्यक छ । उपलब्ध स्रोतसाधन र श्रमको उपयोग गरेर औद्योगिक उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्न सकिन्छ । लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्धन गरी रोजगारी सिर्जना गर्न सकिन्छ । गरिबी न्यूनीकरण, नेपाली वस्तु तथा सेवाका लागि लगानी मैत्री वातावरण सिर्जना, आयात प्रति स्थापन र निर्यात प्रवर्धनका माध्यमबाट अर्थतन्त्रलाई सुदृढ गर्न आवश्यक छ । ... गुणस्तरीय वस्तु तथा सेवामा सहज पहुँच पुर्‍याई उपभोक्ताको हकहित संरक्षण गर्नुपर्छ । खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट, ठगी, कालो बजारी, नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाउन आवश्यक छ ।

प्रश्नहरू:

(क) के-का लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ?

(ख) गरिबी न्यूनीकरणका उपाय के के हुन् ?

(ग) अर्थतन्त्रलाई सुदृढ गर्न कस्ता उपाय अपनाउनुपर्छ ?

(घ) उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?

(ङ) "प्रतिस्थापन" र "कार्यान्वयन" शब्दको अर्थ लेख्नुहोस् ।

bodhabodhanuched
11short5 marks

दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारवटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।

जीवनको कुनै उद्देश्य हुन्छ, बाँच्नुको अर्थ हुन्छ, र गर्नुको कुनै आशय हुन्छ । यही अर्थ र आशयको समष्टि नाउँ नै जीवन हो । साहित्यमा यही जीवनको अभिव्यक्ति हुन्छ । साहित्यका विविध विधामा अभिव्यक्ति र प्रस्तुतिको विविधताको एउटा रूप उपन्यासमा जीवनकै अभिव्यक्ति हुन्छ । यसै पृष्ठ भूमिमा जीवन र साहित्यलाई अलग गर्न सकिन्न । त्यसैले उपन्यासको कुनै अर्थ हुन्छ र कुनै आशय हुन्छ । उपन्यासकारको जीवन प्रतिको अभिव्यक्ति प्रस्तुत गर्ने आधार चरित्र चित्रण, लेखकको टिप्पणी र घटना हो ।

saranshtippot
12short2 marks

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् ।

क) एकदिने शैक्षिक भ्रमणका लागि आवश्यक व्यवस्था मिलाईदिन विद्यालयका प्रधानाध्यापकलाई एउटा निवेदन लेख्नुहोस् ।

अथवा

ख) नेपाल प्रज्ञा प्रतिष्ठानबाट कालिका पुस्तकालय, रसुवालाई उपहार स्वरूप प्रदानगरिएको बृहत् नेपाली शब्दकोश त्यस पुस्तकालयका प्रमुखले बुझिलिएको भर्पाईको नमुना तयार पार्नुहोस् ।

lekhannivedanbharpai
13short5 marks

कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।

क) एक सवारी दुर्घटनाको विषयमा १५० शब्दको टिप्पणी तयार गर्नुहोस् ।

अथवा

ख) आफ्नो परीक्षाफल प्रकाशित भएको दिनको एउटा दैनिकी तयार गर्नुहोस् ।

lekhantippanidainiki
14short4 marks

कुनै एक एककको व्याख्या गर्नुहोस् ।

क) यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।

अथवा

ख) मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ ।

sahityavyakhya
15short4 marks

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् ।

क) दिइएको कविताांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

हो र आमा !

"हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा त्यसकै छायाँ देख्ने आशा गरेकी थिएँ तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि तर त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ ।"

प्रश्नहरू:

(अ) आमाको सपना के थियो ?

(आ) 'त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ' भन्नुको अर्थ के हो ?

अथवा

ख) तलको निबन्धांश पढी दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

टाउकामा चिप्लो न चिप्लो बरफको केश फुलाएर आफ्नो हररो वृद्धि शरीरमा काला रुखको जिङ्ग्रिङ्ग भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ । यो मान्छेहरू सित रिसाएको छ, अग्घोरै रिसाएको छ । अघोर गाङ जतिकै रिसाएको छ अनि पोखरेली सेती जतिकै रिसाएको छ । सेतीनदी पृथ्वीको पेटमा भार्मिंदै जाओस्, यो चाहिँ ठडिएको ठडिएकै छ ।

प्रश्नहरू:

(अ) सेतीनदी र घनघस्याका बिचमा रहेका समानता र भिन्नता के के हुन् ।

(आ) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?

sahityakavitanibandhansh
16short4 marks

'आमाको सपना' कवितामा कविले क्रान्ति किन र कसरी आउने कल्पना गरेका छन् ? प्रतिक्रिया सहित उत्तर दिनुहोस् ।

sahityakavitapratikriya
17long8 marks

तल दिएको प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् ।

दमयन्तीले आफ्नो जीवनमा आइ पर्ने समस्याको समाधानका लागि कुन-कुन उपाय अपनाएकी छिन् ? कथाका आधारमा विश्लेषण गर्नुहोस् ।

sahityakathasamikshatmak
18long8 marks

कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् ।

क) वैदेशिक रोजगार

ख) नेपालको विकासमा युवाको भूमिका

ग) हाम्रो संस्कृति

nibandha